बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रवि लामिछानेको निर्देशन

काठमाडौँ, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म भइरहेको कामको जानकारी लिएका छन् ।

आज पार्टीको तर्फबाट उद्धार तथा राहतका लागि गठन भएको संयन्त्रका नेताहरूलाई केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएर उनले प्रभावित क्षेत्रमा भइरहेको कामबारे जानकारी लिएका हुन् ।

प्रवक्ता जगदीश खरेलले प्रभावकारी कामको लागि पार्टीको सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘भोटेकोसी बाढीको विपदमा खोजी, उद्धार र राहतको सन्दर्भमा रास्वपा सभापति रवि लामिछानेले  पार्टी  सर्कलमा अहिले भइरहेको कामको ब्रिफिङ लिनुभएको छ । साथै प्रभावकारी कामको लागि पार्टीको सम्पूर्ण तह र निकायलाई  निर्देशन दिनुभएको छ’, । 

बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँको तटीय क्षेत्रमा ठुलो जनधानको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । गायिका रचना रिमालले अहिलेलाई अस्ट्रेलियामा आयोजना हुने तीज कार्यक्रम स्थगित गरेकी छन् । नेपालमा आएको प्रकृति प्रकोपको

काठमाडाैँ, ११ भदाै । जनधनको क्षति हुने गरि रसुवाको भोटेकोशीमा बाढी गएपछि अहिले देशभर असहज परिस्थिती छ । डेढसय भन्दा धेरैले

काठमाडौँ, ९ भदौ । निखिल उप्रेतीले निर्देशन गरेको एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक भएको छ ।  टिजरले यो फिल्म

काठमाडौँ, ८ भदौ । फिल्म ‘गौंथली’ ले घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । आइतबार