काठमाडौँ, ८ भदौ । फिल्म ‘गौंथली’ ले घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ ।
आइतबार अपरान्हसम्म कपिल रिजाल निर्देशित पिल्मको कूल कमाई २५ करोड रुपैयाँ ग्रस नाघेको छ । फिल्मको नेट कलेक्सन २१ करोड ८४ लाख रुपैयाँ हुन आउँछ ।
सोहि अवधीसम्म फिल्मलाई ९ लाख ८ हजार भन्दा धेरै दर्शकले हेरेका छन् । महिलाको संघर्ष र सम्वेदनाको कथावस्तुमा आधारित फिल्ममा सिमरन खड्का र अरुण क्षेत्रीको शीर्ष भूमिका छ । यो फिल्म सर्वकालिन दोस्रो धेरै कमाई गर्ने चलचित्र बनिसकेको छ ।
निर्माताले ५१ दिनको अवसरमा नयाँ फिल्म घोषणा गर्ने तयारी गरिरहेका छन् ।







