वाग्मतीमा सर्वदलीय बैठक : उद्धार, राहतदेखि पुनर्निर्माणसम्म जुट्ने निर्णय

काठमाडौँ, १४ भदौ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको क्षेत्रमा वाग्मती प्रदेश सरकारले उद्धार, राहत र पुनर्निर्माणलाई तीव्रता दिने भएको छ ।

बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणसम्मका विषयमा छलफल गर्न प्रदेशका राजनीतिक दलका शीर्ष नेताहरूबीच सर्वदलीय बैठक बसेको हो ।

आज मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा बसेको बैठकबाट विपद्पछिको अवस्थालाई सम्बोधन गर्न सरकार, राजनीतिक दल र सम्बन्धित निकायबीच समन्वय गरेर तत्कालीन तथा दीर्घकालीन योजना अघि बढाउने निर्णय गरिएको छ ।

बैठकमा वाग्मती प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामासहित विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरूको उपस्थिति थियो ।

बाढीबाट अत्यधिक प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका क्षेत्रमा तत्काल अस्थायी आवासको व्यवस्थापन, उद्धार तथा राहत वितरणलाई कुनै अवरोधबिना निरन्तरता दिने निर्णय बैठकबाट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र