सत्ता र शक्तिलाई राजनीतिको अन्तिम लक्ष्य बनाउनु हुँदैन: सभापति थापा

काठमाडौँ, २३ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र शक्तिलाई राजनीतिको अन्तिम लक्ष्य बनाउन नहुने बताएका छन् । 

स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सत्ता र शक्ति केवल नागरिकको सेवा गर्ने साधन मात्र भएको स्पष्ट पारेका हुन् ।

राजनीतिमा सिद्धान्त सबैभन्दा माथि हुनुपर्नेमा जोड दिँदै उनले सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने शक्तिको कुनै अर्थ नहुने बताए। कांग्रेसको आत्मा सत्तामा नभई त्याग र समाजसेवामा रहेको उनको भनाइ थियो। पदभन्दा प्रतिष्ठा र विश्वास ठूलो हुने कुरा बुझाउन उनले सन्त नेता कृष्णप्रसाद भट्टराईसँगको एउटा स्मरण सुनाए। आफू १७ वर्षको हुँदा एउटा कार्यक्रममा उद्घोषण गर्दा भट्टराईलाई भूतपूर्व सन्त नेता भनेर सम्बोधन गर्दा भट्टराईले सच्याएको उनले बताए । नागरिकको भलो गर्नका लागि मात्र पदको आवश्यकता पर्ने कुरा उनले स्मरण गराए । 

उनले भने, ‘सत्ता र शक्ति प्राइमरी होइन, फाइनल पनि होइन। यो केवल साधन र माध्यम मात्रै हो।’ पद भूतपूर्व हुन्छ। तर, विश्वासबाट आर्जन गरेको सन्त भन्ने कुरा कहिल्यै भूतपूर्व हुँदैन,’ भट्टराईको भनाइ उद्धृत गर्दै थापाले भने। पद प्राप्त गर्नु वा चुनाव जित्नु मात्रै सफलताको मानक नभएको भन्दै उनले श्यामबहादुर कार्की जस्ता व्यक्तिले पदमा नरहेर पनि कमाएको प्रतिष्ठा नै वास्तविक सफलता भएको प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मुलुक भू–राजनीतिको गम्भीर चक्रव्यूहमा फसेको बताएका छन् ।  राप्रपा

काठमाडौँ, २३ साउन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ, खानेपानी र घरायसी प्रयोजनको विद्युत्मा १३ प्रतिशत

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल

काठमाडौँ, २२ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र रास्वपाका सांसदहरुबाट शासकीय अराजकता देखिएको टिप्पणी गरेका छन् । आज