विरोध गर्दा ‘झोले’ र समर्थन गर्दा ‘घन्टे’ भन्न थालियो : दीपकराज गिरी

काठमाडौँ, २३ साउन । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा हुने असहिष्णु टिप्पणीप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । 

सरकारका काम(कारबाहीबारे आफ्ना धारणा राख्दा आउने प्रतिक्रियाले निष्पक्ष विचार व्यक्त गर्न गाह्रो भएको उनले औँल्याएका हुन्।

फेसबुकमा पोस्ट गर्दै गिरीले लेखेका छन्, ‘सरकारले गरेको गलत कामको विरोधमा लेख्नुस्, झोले ! सरकारले सुरुवात गरेको राम्रो कामको समर्थनमा लेख्नुस्, घन्टे !’

यस्तो प्रवृत्तिले गर्दा निष्पक्ष भएर आफ्ना विचारहरू लेख्न र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्न चुनौती थपिएको उनले बताएका छन्। मानिसहरूले जुनसुकै धारणालाई पनि कुनै न कुनै राजनीतिक कित्तासँग जोडेर हेर्ने गरेकाले कलम नै कलङ्कित हुने डर पैदा भएको गिरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले विगतका कमीकमजोरीको निर्मम आत्मसमीक्षा र रूपान्तरणको स्पष्ट

काठमाडौँ, १९ असोज । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका

काठमाडौँ, १९ असोज । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शाहको टिप्पणी र काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक