खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ, २३ साउन । झापामा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।

आज लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले टोलीले ५३.४४० ग्राम खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ११ बस्ने २३ वर्षीय सोमनाथ राजवंशी र मोरङको पथरी शनिश्चरे नगरपालिका ५ बस्ने २४ वर्षीय गणेश चौधरी रहेका छन् । उनीहरूबाट खैरो हेरोनसहित १ थान प्र १–०१–००२ ह ३५६९ नम्बरको सिटी सफारी र २ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा बुझाइएको लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मुलुक भू–राजनीतिको गम्भीर चक्रव्यूहमा फसेको बताएका छन् ।  राप्रपा

काठमाडौँ, २३ साउन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ, खानेपानी र घरायसी प्रयोजनको विद्युत्मा १३ प्रतिशत

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल

काठमाडौँ, २२ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र रास्वपाका सांसदहरुबाट शासकीय अराजकता देखिएको टिप्पणी गरेका छन् । आज