हरियालीले सिँगारियो चाँगु, दुवाकोटमा ४७५ बिरुवा रोपिए

भक्तपुर, २३ साउन । चाँगुनारायण नगरपालिका वडा नं.२ स्थित दुवाकोट क्षेत्रलाई हराभरा बनाउने उद्देश्यले “समुदायको लागि २ घण्टा” अभियानको १७१ औं साप्ताहिक कार्यक्रम सम्पन्न भएको छ ।

केएमसी अस्पतालको अग्रभागदेखि फैढोका गणेश मन्दिरतर्फ जाने सडक मार्गमा शनिबार सम्पन्न उक्त कार्यक्रममा कपुर, कल्की र असारे गरी तीन प्रजातिका ४७५ वटा बिरुवा रोपिएका थिए । रोपिएका सबै बिरुवालाई पशुचरण तथा क्षतिबाट जोगाउन टिगार्डको व्यवस्था समेत गरिएको छ । बिरुवा अर्वान ईविय प्रोजेक्टको सहयोगमा उपलब्ध भएका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै वडा नं. २ का अध्यक्ष एवं अभियानका संयोजक सोमप्रसाद प्रधानले अभियानलाई निरन्तर १७१ हप्तासम्म डोहोर्‍याइ ल्याउनुमा वडावासीको साथ-सहयोग नै मुख्य आधार रहेको बताए । उनले यसरी लामो समयसम्म अभियान धान्न सहकार्य गर्ने सबै पक्षप्रति विशेष आभार व्यक्त गरे ।

कार्यक्रम सहजीकरण गर्दै अभियानका सहजकर्ता नबराज काफ्लेले हरियालीले वातावरणमा पार्ने सकारात्मक प्रभावका विविध पक्ष तथ्यसहित प्रस्तुत गरे । बिरुवा अर्वान ईविय प्रोजेक्ट का प्रतिनिधि उदय पोख्रेलले वडा नं.२ ले वृक्षारोपणमार्फत वातावरण संरक्षणमा पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गरे । उनले रोपिएका बिरुवाको संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्दै ईविय प्रोजेक्ट बाट यस्तै खालको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा जनप्रतिनिधि उमेश प्रधान र प्रेम खत्री, पूर्वजनप्रतिनिधि मोहन पौडेल,वडा नं.२ का वास शाखा प्रमुख राममाया रानामगर सहित स्थानीय टोल सुधार समिति तथा सामाजिक संघसंस्थाका प्रतिनिधि र वडावासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

वातावरणमैत्री वडा निर्माणको लक्ष्यसहित अघि बढेको यस अभियानले विभिन्न संघसंस्थाको सहकार्यमा दुवाकोट क्षेत्रलाई क्रमशः हराभरा बनाउँदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही एक्लै नभएको जवाफ दिएका

सुदूरपश्चिमबाट चलचित्र विकास बोर्डमा प्रतिनिधित्व गर्ने पहिलो अवसर, दुई दशकभन्दा लामो चलचित्र यात्रा सुदूरपश्चिमको बैतडीमा जन्मिएर चलचित्र क्षेत्रमा आफ्नो पहिचान

काठमाडौँ, २३ साउन । उद्योग मन्त्री गौरीकुमारी यादवले नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन् । शनिबार उनले  बालाजुस्थित नेपाल ग्यास

काठमाडौँ, २३ साउन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र