प्रधानमन्त्री शाहलाई आफ्नो कार्यशैली बदल्न महासचिव पोखरेलको सुझाव

काठमाडौँ, २३ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न आग्रह गरेका छन् । 

प्रधानमन्त्री शाहले फेसबुकमा ‘एक्लै लड्नुपर्ने’ र ‘सही समय आउन केही समय लाग्ने’ भन्दै पोस्ट गरेपछि पोखरेलले त्यसको प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गर्दै नआत्तिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि महासचिव पोखरेलले गर्दै सामाजिक सञ्जालमार्फत सचेत एक्लो भएको चिन्ता छाडेर कार्यशैली बदल्न सुझाव दिएका छन् । आफ्नै चुनावी वाचा र प्रतिबद्धता सम्झन, जनमतको सम्मान गर्न, संसदीय दल र सार्वभौम संसद्प्रति उत्तरदायी बन्न पोखरेलले प्रधानमन्त्री शाहलाई आग्रह गरे ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, एक्लो भएको चिन्ता छाड्नुहोस्, कार्यशैली बदल्नुहोस्! 💡यदि तपाईँले:

• आफ्नै चुनावी वाचा र प्रतिबद्धतालाई सम्झनुहुन्छ,

• अपार जनमतको साँचो सम्मान गर्नुहुन्छ,

• संसदीय दलको नेता बनाउने आफ्नै दललाई विश्वासमा लिनुहुन्छ,

• प्रधानमन्त्री चुन्ने सार्वभौम संसद्प्रति पूर्ण उत्तरदायी बन्नुहुन्छ, र

• आफ्ना कमजोरीहरू सहर्ष स्वीकार गर्दै सच्याएर अघि बढ्नुहुन्छ भने… तपाईँले कहिल्यै एक्लो भएको अनुभूति गर्नु पर्दैन! तर, तपाईँ अहिले जसरी चल्दै हुनुहुन्छ— त्यसले तपाईँलाई एक्लो मात्र होइन, पूर्ण रूपमा असफल बनाउने निश्चित छ। समय छँदै बेलैमा सचेत र गम्भीर बन्नुहोस्!’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मुलुक भू–राजनीतिको गम्भीर चक्रव्यूहमा फसेको बताएका छन् ।  राप्रपा

काठमाडौँ, २३ साउन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ, खानेपानी र घरायसी प्रयोजनको विद्युत्मा १३ प्रतिशत

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल

काठमाडौँ, २२ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र रास्वपाका सांसदहरुबाट शासकीय अराजकता देखिएको टिप्पणी गरेका छन् । आज