सरकारका गलत क्रियाकलापको विरुद्धमा कांग्रेसले खबरदारी गरिरहन्छ : गगन थापा

काठमाडौँ, २२ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र रास्वपाका सांसदहरुबाट शासकीय अराजकता देखिएको टिप्पणी गरेका छन् ।

आज कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय संम्मेलनमा बोल्ने क्रममा सभापति थापाले सरकारलाई बहुमतको अहंकार भएको बताए । सरकारका मन्त्री र सांसदहरुले थर्काउने कार्य गरेको भन्दै सभापति थापाले आपत्ति जनाए ।

सरकारले संविधान संशोधन जस्तो विषयलाई हल्का रुपमा लिएको बताए । सभापति थापाले भने,‘सरकारले संविधान चलाउन चाहेको छ । संविधानप्रति सरकारको बुझाईले देशलाई द्धन्द्धमा लिएर जानसक्छ ।’ सरकारका गलत क्रियाकलापको विरुद्धमा कांग्रेसले खबरदारी गरिहने थापाले बताए । उनले भने,‘प्रतिपक्षको भूमिकामा पनि हामी अरु जस्तो होइन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले उठाएको ट्रमा सेन्टर स्थानान्तरणसम्बन्धी विषयमा आजै जवाफ दिन

काठमाडौँ, २२ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम

काठमाडौँ, २२ साउन । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पुरानै नेता, विचार, प्रणालीका विभिन्न चिराहरूलाई रंगरोगन गरेर मात्र नयाँ युगको

काठमाडौँ, २२ साउन । सर्वोच्च अदालतले सुकुमबासी बस्तीबाट विस्थापित भएका वा हुन सक्ने बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्न र विकल्पबिना