पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँ, १६ बैशाख । हिउँदे वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

गएरातिदेखि नै हालसम्म वर्षा भइरहेका कारण सो क्षेत्रमा पहिरो जाँदा सो मार्गमा आवत जावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेको छैन ।

पहिरो तत्काल खुलाउन पहल भइरहे पनि वर्षाले प्रभावित भएको कारण पहिरो खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । अमेरिकी गायिका टेलर स्विफ्टले कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभावबीच आफ्नो पहिचान सुरक्षित गर्न नयाँ कानुनी कदम

काठमाडौँ, १५ बैशाख । चलचित्र ‘बा : एक योद्धा’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले

काठमाडौँ, १४ बैशाख । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘राम नाम सत्य’ले देशब्यापी ३ करोड ३१ लाख

काठमाडौँ, १४ बैशाख । अभिनेता दीपकराज गिरी र दीपाको  आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन आजदेखि सुरु भएको छ