टेलर स्विफ्टद्वारा आवाज र छविमा ट्रेडमार्क दर्ता

काठमाडौँ, १६ बैशाख । अमेरिकी गायिका टेलर स्विफ्टले कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभावबीच आफ्नो पहिचान सुरक्षित गर्न नयाँ कानुनी कदम चालेकी छन् ।

अप्रिल २४ मा स्विफ्टको कम्पनीले अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा तीनवटा ट्रेडमार्कका लागि आवेदन दिएको छ ।

तीमध्ये दुईवटा ध्वनिसम्बन्धी ट्रेडमार्क हुन्, जसमा ‘हे, इट्स टेलर स्विफ्ट’ र “हे, इट्स टेलर’ जस्ता वाक्यांश समावेश छन्, जुन उनको आवाजसँग सम्बन्धित छन् ।

तेस्रो आवेदन दृश्य (भिजुअल) ट्रेडमार्कसँग सम्बन्धित छ । यसमा गुलाबी गितार बोकेकी, बहुरंगी चम्किलो पोशाक र चाँदी रंगका बुट लगाएकी स्विफ्टको तस्बिर समावेश गरिएको छ, जहाँ उनी गुलाबी मञ्चमा उभिएकी देखिन्छिन् र पछाडि बहुरंगी माइक्रोफोन तथा बैजनी बत्ती देखिन्छ ।

यी आवेदन स्विफ्टको ‘टिएएस राइट्स म्यानेजमेन्ट’ का तर्फबाट दर्ता गरिएका हुन् । बौद्धिक सम्पत्ति सम्बन्धी कानुनका वकिल जोश गर्बेनका अनुसार मनोरञ्जन क्षेत्रमा एआईले कलाकारको आवाज र छविलाई बिना अनुमति प्रयोग गर्न सक्ने जोखिम बढेपछि यस्तो चिन्ता देखिएको हो ।

परम्परागत रूपमा ट्रेडमार्कले व्यक्तिको सामान्य आवाज, अनुहार वा व्यक्तित्वलाई जोगाउने उद्देश्य राख्दैन । तर म्याककोनाहेको कानुनी टोलीले अपनाएको रणनीतिअनुसार यस्तो ट्रेडमार्कले एआईबाट हुने दुरुपयोगविरुद्ध थप कानुनी आधार दिन सक्छ ।

परम्परागत रूपमा ट्रेडमार्कले व्यक्तिको सामान्य आवाज, अनुहार वा व्यक्तित्वलाई जोगाउने उद्देश्य राख्दैन । तर म्याककोनाहेको कानुनी टोलीले अपनाएको रणनीतिअनुसार यस्तो ट्रेडमार्कले एआईबाट हुने दुरुपयोगविरुद्ध थप कानुनी आधार दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका तिलोत्तमा नगरपालिका–१५,

काठमाडौँ, १६ बैशाख । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ ।

काठमाडौँ, १६ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १६ बैशाख । बीपी राजमार्ग फेरी अवरुद्ध भएको छ । हिजो काभ्रेका विभिन्न ठाउँमा ठूलो पानी परेकाले गएरातिदेखि बीपी राजमार्ग