स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ, १६ बैशाख । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ ।

पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु  बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी  १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो ।

मंगलबार साँझ ७ बजेतिर भएको दुर्घटनामा घाइते दुवै युवतीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बुटवल वडा नं १३ मा पर्ने  भ्यूटावर नजिकको ओरालोमा स्कुटर सडकबाट ३० मिटर तल खसेको थियो । दुर्घटनामा  स्कुटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ सख्त घाइते भएको छ ।

नुवाकोटबाट फर्कने क्रमममा ओभरलोडका कारण नियन्त्रण गर्न नसकी स्कुटर दुर्घटना भएको हो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’को असोज २ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले

काठमाडौँ, १५ बैशाख । चलचित्र ‘बा : एक योद्धा’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले

काठमाडौँ, १४ बैशाख । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘राम नाम सत्य’ले देशब्यापी ३ करोड ३१ लाख

काठमाडौँ, १४ बैशाख । अभिनेता दीपकराज गिरी र दीपाको  आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन आजदेखि सुरु भएको छ