बहुमत प्राप्त सरकारको संसद्‍प्रति नै विश्वास छैन : सभापति थापा

काठमाडौँ, १६ बैशाख । कांग्रेस सभापति गगनकुमार थापाले आफ्नै बहुमत सरकारको संसद्‍प्रति नै विश्वास नभएको बताएका छन् ।

आज उनले रौतहटको चन्द्रनिगाहपुरमा पार्टीका स्थानीय नेता, कार्यकर्ताहरूसँग भेटघाट गर्दै प्रतिनिधिसभाको मिति तोकेर आह्वान समेत भइसकेको अवस्थामा फेरि कुनै सूचना नदिइकन बैठक स्थगित गरिएकोमा टिप्पणी गरेका हुन् । 

उनले भने, ‘सरकारले अहिले संसद् र नागरिक दुवैलाई हेपेको छ,’ ‘सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ ।’ ‘बहुमत प्राप्त सरकारको संसद्‍प्रति नै विश्वास छैन । संसद् छलेर अध्यादेश ल्याउने सवालमा नागरिकलाई केही पनि बताउनैनपर्ने, केही भन्नै नपर्ने ? संसद्को तयारी नभएको र सांसदकै अनुरोधमा बैठक स्थगित गरेको हो भनेर प्रचार भयो, यो सरासर हेपेको र ढाँटेको हो ।’ ‘हामी यसरी गर्दैछौं । हामी यसरी अघि बढ्दैछौं भनेर प्रतिपक्षमा भएको नाताले हामीसित एक पटक पनि किन नसोधेको ?,’ ‘हामी आफैं पनि सुधारको पक्षमा छौं । हामी पनि विगतका कमी–कमजोरी सच्याउँछौं भनेर चुनावमा गएका हौं । संवैधानिक निकायको नियुक्तिका सवालमा व्यापक परिवर्तन गर्छौं भन्नेमा थियौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण

काठमाडौँ, १६ बैशाख । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १६ बैशाख । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत

काठमाडौँ, १६ बैशाख । हिउँदे वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी