तनहुँ बस दुर्घटनामा बेपत्ता एकजना अझै फेला परेनन्

काठमाडौँ, १२ भदौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पोखराबाट काठमाडौँतर्फ गइरहेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदे मङ्गलबारसम्म पनि फेला परेका छैनन् ।

उक्त दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । बेपत्ता भएको सरोदेको खोजी भइरहे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ माघ । इजरायली सेना नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्धविराम सम्झौता अनुसार इजरायली

एजेन्सी, २७ माघ । इजरायल र हिजबुल्लाहबीच भएको युद्धविरामकाबीच पूर्वी लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायलले

एजेन्सी, २६ माघ । प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागू भएपछिको

इस्लामाबाद, २६ माघ । पाकिस्तानी सुरक्षा बलले शुक्रबार देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा गरिएको कारबाहीमा तीन