हेटौंडाको होटलमा एक महिला मृत फेला

मकवानपुर, १० भदौ । हेटौंडास्थित एक होटलमा महिला मृत फेला परेकी छन् । 

सोमबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कस्थित रत्ना होटलको कोठा नम्बर २०५ मा महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । मृतक हेटौंडा उपमहानगर वडा नम्बर ११ थानाभर्‍याङ बस्ने एलिसा न्यौपाने रहेको उनले बताए ।

कार्यालयका अनुसार आइतबार अपराह्न ५ बजेतिर एक पुरूष र न्यौपाने उक्त होटलमा पुगेका थिए । ती पुरूष बेलुकी ९ बजेतिर कोठाबाट निस्किएका थिए । सोमबार बिहान ११ बजेसम्म पनि कोठा नखुलेपछि होटलका सञ्चालक नवीन राना मगरले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे खबर पाएपछि प्रहरीको टोलीले झ्याल खोलेर हेरेपछि न्यौपाने मृत अवस्थामा फेला परेकी हुन् ।

डिएसपी भण्डारीका अनुसार सिरकले मुख छोपेको अवस्थामा शव फेला परेको हो । कोठाको भुइँमा रगतको दाग देखिएको र भित्रबाट ढोकामा चुकुल लगाएको थियो । घटनाबारे कार्यालयले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको