हेटौंडाको होटलमा एक महिला मृत फेला

मकवानपुर, १० भदौ । हेटौंडास्थित एक होटलमा महिला मृत फेला परेकी छन् । 

सोमबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कस्थित रत्ना होटलको कोठा नम्बर २०५ मा महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । मृतक हेटौंडा उपमहानगर वडा नम्बर ११ थानाभर्‍याङ बस्ने एलिसा न्यौपाने रहेको उनले बताए ।

कार्यालयका अनुसार आइतबार अपराह्न ५ बजेतिर एक पुरूष र न्यौपाने उक्त होटलमा पुगेका थिए । ती पुरूष बेलुकी ९ बजेतिर कोठाबाट निस्किएका थिए । सोमबार बिहान ११ बजेसम्म पनि कोठा नखुलेपछि होटलका सञ्चालक नवीन राना मगरले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे खबर पाएपछि प्रहरीको टोलीले झ्याल खोलेर हेरेपछि न्यौपाने मृत अवस्थामा फेला परेकी हुन् ।

डिएसपी भण्डारीका अनुसार सिरकले मुख छोपेको अवस्थामा शव फेला परेको हो । कोठाको भुइँमा रगतको दाग देखिएको र भित्रबाट ढोकामा चुकुल लगाएको थियो । घटनाबारे कार्यालयले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्