भ्रष्टाचार निवारण विधेयकमा छिटो टुङ्गोमा पुग्न गृहमन्त्री लेखकको आग्रह

काठमाडौँ, ५ भदौ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गरिदिन आग्रह गरेका छन् ।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विधेयकमा संशोधन गर्ने वा छलफल गर्ने कुरा पहिचान भएको भन्दै अब टुङ्गोमा  पुर्याउन समितिलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘केही विषय पहिचान भएका छन्, दफावार रूपमा पहिचान भएका बुँदामा समितिले छलफल गर्न पर्छ ।’ 

विधेयकमा दफावार छलफल गरेर छिटो निर्णयमा पुग्न जरुरी  भएको उनको तर्क थियो । तर विधेयक पारित गर्ने या नगर्ने समितिको अधिकार भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव हार्दैमा राजनीतिक दलको भविष्य नसकिने बताएका छन् ।

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा