प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं : प्रधानमन्त्री प्रचण्ड 

काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले संविधान नै संशोधन गर्ने भए खुल्ला छलफल गर्न आह्वान गरेका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान प्रस्ताव राखे । उनले भने, “संविधान संशोधन नै गर्ने हो भने आउनुस्, खुला छलफल गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं । दलित र महिलाको प्रतिनिधित्व अझै बढाउँ । उत्पीडित जाति, वर्ग र समुदायका अधिकारलाई अझ सुरक्षित गरौं । विपन्न वर्गको राज्यसंरचनामा प्रतिनिधित्व बढाऔं । महिला, उत्पीडित वर्ग, जाति र क्षेत्रको सम्मानजनक प्रतिनिधित्व यो संविधानको आत्मा हो,” ।

उनले नेपाललाई पनि दुई दलिय बनाउने कसरत गरेको आरोप लगाए । उनले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त पार्न खोजेको आरोप पनि लगाए । “कताकता तपाईंहरूले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त गर्न खोज्नुभएको षड्यन्त्रको गन्ध आउँछ । तपाईहरूको इच्छा ०४७ सालकै संविधानको वरिपरि फर्किने होला । अस्थिरताको कारण देखाएर तपाईहरूले समावेशी र समानुपातिक प्रतिनिधित्व अनि साना दलहरूको अस्तित्व समाप्त पार्न खोज्नुभएको स्पष्ट देखिन्छ,” उनले भने, “ केही पश्चिमी देशहरूको नक्कल गरेर नेपाललाई पनि दुई दलीय बनाउने कसरत गर्दै हुनुहुन्छ । २०४७ सालदेखि २०६३ सालसम्म त त्यही प्रावधान थियो । स्थिरता थियो त त्यतिखेर ? ०४७ सालदेखि ०६३ सालसम्म सोह्र वर्षमा पन्ध्र सरकार परिवर्तन गर्ने तपाईहरू नै होइन ?”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’ को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को

काठमाडौँ, ७ बैशाख । फिल्म ‘धुरन्धर २’ ले बक्स अफिसमा विश्वव्यापी तहल्का मच्चाएको छ । प्रदर्शनको ३१ औँ दिनसम्म आइपुग्दा

काठमाडौँ, ६ बैशाख । चर्चित टेलिभिजन शो कमेडी दरबार टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा

काठमाडौँ, ५ बैशाख । बलिउड सिनेमा निर्माता रोहित शेट्टीको घरमा गोली चलाएको आरोपमा एकजना पक्राउ परेका छन् । यूपी स्पेशल