नौबिसे-नागढुंगा सडक पाँच घण्टा बन्द हुने

काठमाडौँ, २० असार । नौबिसे–नागढुंगा सडकखण्ड आज राति बन्द हुने गरिने भएको छ ।

त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।

हिजो राति पनि सोही अवधि यो सडकखण्ड बन्द गरिएको थियो । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न थालिएको नागढुंगा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्

काठमाडौँ, ६ बैशाख । सरकारले आज र भोली देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागको पोषण शाखा

काठमाडौँ, ६ बैशाख । काभ्रेको रोशी खोलामा अस्थायी ‘डाइभर्सन’ बगाउँदा अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । कटुन्जेदेखि मंगलटार

काठमाडौँ, ६ बैशाख । जेनजी आन्दोलनका बेला कारागारबाट भागेका एक जना कैदी पक्राउ परेका छन् । प्रहरीका अनुसार जेनजी आन्दोलनका बेला