भक्तपुर, २६ जेठ । गुण्डू सामुदायिक सिकाइ केन्द्रले सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित अन्तरसहकारी समन्वबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सिकाइ केन्द्रको आयोजना र सूर्यविनायक नगरपालिका वडा नं. ७ को समन्वयमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । वडाभित्रका तीन/तीन वटा बचत तथा ऋण सहकारी संस्था, महिला बचत तथा ऋण सहकारी संस्था र कृषि सहकारी संस्था गरी ९ वटा संस्थाका सञ्चालक समितिका पदाधिकारीबीच अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा वर्तमान अवस्थामा सहकारी संस्थाले भोगिरहेका साझा समस्या र सुधारका उपाय, सहकारी संस्थामा शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा प्रभावकारी बनाउन र अन्तर सहकारी समन्वय गर्न सकिने क्षेत्रको बारेमा पहिचान गरिएको छ ।
दुई दिनसम्म चलेको कार्यक्रममा प्रशिक्षक वेदप्रसाद सापकोटाले सहकारी र सहकारी संस्थाबीच समन्वय, वैधानिक तथा कानुनी अवस्था र संभावना, सहकारी संस्थाका समस्याका साझा विकल्पकहरुको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । त्यस्तै अर्का प्रशिक्षक कुमार खत्रीले सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त, नेपालमा सहकारी संस्थाहरुबाट अन्तर्राष्ट्रिय सिद्धान्त पालनाको अवस्था, वर्तमान अवस्थामा सहकारी संस्थाले भोगिरहेको मुख्य चुनौतिका बारेमा प्रशिक्षण प्रदान गर्नुभयो ।
कार्यक्रमको सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता तिमसिना (भट्टराई ) ले अभिमुखीकरण कार्यक्रमले सहकारी क्षेत्रमा देखिएको विद्यमान समस्याको समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले अधिकांश सहकारी संस्थाको कतिपय मुद्दा साझा समस्या बनिरहेको अवस्थामा अन्तरसहकारी समन्वय सम्बन्धी अभिमुखीकरण कार्यक्रमले सहकारी संस्था र सदस्यलाई राहत महशुस हुने बताउनुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नगर प्रवक्ता रबिन्द्र सापकोटाले सहकारी संस्थाका पदाधिकारीलाई प्रदान गरिएको अभिमुखीकरण कार्यक्रम प्रभावकारी र लाभदायक भएको भन्दै प्रशिक्षणमा सिकेके ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै गुण्डू सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष माधवप्रसाद घिमिरेले सिकाइ केन्द्रले वडाभित्र विभिन्न समयमा सचेतना मूलक कार्यक्रम गर्दै आएको स्मरण गर्दै अन्तरसहकारी समन्वय सम्बन्धि अभिकरण कार्यक्रम भने थप प्रभावकारी लाभदायक भएको बताउनुभयो ।
कार्यक्रममा सिकाइ केन्द्रका सदस्य राजकुमार बस्नेतले पहिलो दिन सहभागिलाई स्वागत गर्नुभएको थियो । सो अवसरमा सूर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठले सूर्यविनायक नगरपालिका भित्र सहकारी संस्थाको विद्यमान चुनौति र संभावनाका बारेमा प्रष्ट पार्नुभएको थियो । सिकाइ केन्द्रको परिचालक रञ्जना छुँकाले सिकाइ केन्द्रले सूर्यविनायक नगरपालिका वडा नं. ७ भित्रको सहकारी संस्थालाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम गरिएको जानकारी दिनुभयो । सिकाइ केन्दले्र आफ्नो स्थापना कालदेखि नै विभिन्न समयमा वडाभित्र विभिन्न सामाजिक तथा सचेतनामलक कार्यक्रम गर्दै आएको छ ।
प्रशिक्षण कायृक्रममा सहभागि सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थाकले आआफनो सहकारी संस्थाको सदस्य संख्या, शेयर पुँजी, कुल पुँजी, कुल बचत, संस्थागत कोष लगायतका विषयको अवस्थका बारेमा प्रस्तुती गनुभएको थियो । कार्यक्रममा सहभागिहरु सबैलाई सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष सापकोटाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।