कानुन बनाएर गाँजाको खेती गर्न जनतालाई दिनुपर्छ : पूर्वमन्त्री तामाङ

काठमाडौँ, २५ जेठ । पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले कानुन बनाएर गाँजाको खेती गर्न जनतालाई दिनुपर्ने बताएका छन् । 

आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले औषधीय प्रयोजनका लागि गाँजा खेती खोल्दा निश्चित व्यापारीलाई मात्र दिन नहुने बताएका हुन् ।

उनले ऐन र नियम चाँडो बनाएर जनतालाई आयआर्जनको बाटो खुला गर्नुपर्ने बताए । तर, गाँजा खेतीको खुला गर्ने भनेर निश्चित व्यापारीलाई अधिकार दिन नहुने उनले बताए । उनले भने, “कुनै व्यापारिक घराना र व्यापारीलाई गाँजा खेती खुला गर्न हुँदैन । सबै किसानलाई खेती गर्न दिनुपर्छ,” “खेती गरेपछि त्यसबाट उत्पादन हुने कच्चा पदार्थ कुनै कम्पनी तथा औद्योगिक घरनाले खरिद गर्न सक्छन् ।”


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ । आज मूलपानी क्रिकेट

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५

काठमाडौँ, १२ बैशाख । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज आजदेखि सुरु हुँदैछ । घरेलु टोली नेपालले