लागुऔषधसहित दुई महिला पक्राउ

काठमाडौँ, २८ चैत । सिनामंगलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिलालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चितवन घर भएकी ३५ वर्षीया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने मिना बस्नेतलाई  पक्राउ गरेको हो ।

प्रहरीले लक्ष्मी परियारको डेराबाट १९ दशमलव ८० ग्राम लागुऔषध पोल्यान्ड तथा बस्नेतको डेराबाट नुफ्रिन २४ एम्पुल, फेनारगन ४७ एम्पुल तथा डाइजेपाम ९५ एम्पुल बरामद गरेको छ । यसैगरी परियारको साथबाट प्रहरीले ६ हजार तीन सय ५० तथा बस्नेतको साथबा चार लाख १० हजार रुपैयाँ नगद बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताएका छन् ।

काठमाडौँ, १ असार । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आवश्यक परे नेपाल भारत सीमामा आवश्यक परे पर्खाल वा

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले त्यसबारे संसदमा आएर जवाफ

काठमाडौँ, १ असार । काठमाडौँ महानगरपालिकाले सांस्कृतिक सहर : समृद्ध महानगरको परिकल्पना मूर्तरूप दिन काठमाडौँ महानगर क्षेत्रभित्रको मौलिक र विशिष्ट