‘लालिबजार’को कलेक्सन नौ करोडमाथि

काठमाडौँ, १ असार । चलचित्र विकास बोर्डले प्रदर्शनको क्रममा रहेका नेपाली चलचित्रहरूको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ ।

बोर्डले आइतबारसम्मको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार चलचित्र ‘रोल नं १’ले  आइतबारसम्म एक करोड ३५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रलाई जोन योञ्जनले निर्देशन गरेका छन् । 

चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।

चलचित्र ‘कुम्भ’ले ३९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रमा रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन छ । चलचित्रमा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेललगायतको अभिनय छ । 

सबैभन्दा धेरै ‘लालीबजार’ले नेपाली बक्सअफिसमा नौ करोड १६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । स्वस्तिमा खड्का र रवीन्द्र सिंह बानिया यो चलचित्रको मुख्य भूमिकामा छन् । 

अनिल बुढा मगरले निर्देशन गरेको चलचित्र ‘मितज्यू’ले एक करोड ३२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर यसको मुख्य भूमिकामा छन् । 

लक्ष्मण रिजालले निर्देशन गरेको चलचित्र ‘काजी’ले ४४ लाख ४८ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । विपीन कार्की र केकी अधिकारी यसको मुख्य भूमिकामा छन् । 

चलचित्र ‘लाइफ ड्यामेज’ले ३४ लाख ६६ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रको मुख्य भूमिकामा मिथिला शर्मा छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत

काठमाडौँ, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । आज बोर्डले परीक्षाफल प्रकाशन गरेको हो ।

काठमाडौँ, ५ असार । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन् । मन्त्री

काठमाडौँ, ४ असार । गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोसाक सम्बन्धित व्यक्ति आफैँलाई खरिद गर्न दिने सोच बनाइएको बताएका छन् ।