सरकारलाई गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न एमालेको चुनौती

काठमाडौँ, १ असार । नेकपा (एमाले)ले सरकारलाई गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न चुनौती दिएको छ ।

आज प्रतिनिधिसभा बैठकमा एमालेकी उपनेता पद्मा अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिएकी हुन् ।

उनले भनिन्, “प्रतिपक्षीले बजेटका सम्बन्धमा राखेका सल्लाह, सुझाव प्रश्न गर्दैगर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनुभयो, त्यो आपत्तिजनक छ । कसलाई लक्षित गर्नुभयो ? उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ, म भन्न चाहन्छु– टी–इस्टेटको फाइल पहिलो नम्बरमा खोलियोस् । म आग्रह गर्न चाहन्छु– त्यसपछि विपक्षीसँग जोडिएका ओम्नी हुन् कि वाइडबडी हुन् कि केके फाइल हुन्, तपाईंहरूको हातमा छ, सरकारलाई भन्न चाहन्छु यो सदनमार्फत– ती खोलियोस् । साँचो कुरा के हो, त्यो बाहिर ल्याइयोस् । यद्यपि, आज लगाइरहेका आरोपहरू साबित भएनन् भने, छानबिनले सत्य ठहरिएनने भने मान्छेमा स्वाभिमानमाथि आँच आउने, गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ कि गर्नु हुन्न ? “

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै

काठमाडौँ, ५ असार । दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठले ‘चलचित्र दीर्घ साधना सम्मान’ प्राप्त गरेका छन् । आज राष्ट्रपति कार्यालय शीतल

काठमाडौँ, ५ असार । काठमाडौँको नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी क्षतिग्रस्त बनाइएको बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भएपछि

काठमाडौँ, ५ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य हर्कराज राईले विज्ञान, प्रविधि तथा नव प्रवर्तन