सभामुख अर्यालद्वारा नयाँ संसद् हलको निरीक्षण

काठमाडौँ, १ जेठ । सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको नयाँ संसद् हलको निरीक्षण गर्दै निर्माण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्।

आज संसद् सचिवालयका कर्मचारीसहित निर्माणस्थल पुगेका सभामुख अर्यालले तोकिएको समयमै काम सम्पन्न हुन नसकेको भन्दै निर्माण पक्षसँग जवाफदेहिता माग गरेका हुन् ।

गत जेठ १५ गते यही हलबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी रहे पनि निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन। निरीक्षणका क्रममा सभामुखले संसद् हल कहिले तयार हुन्छ भन्ने यकिन मिति तत्काल उपलब्ध गराउन निर्देशन दिए ।

निर्माण कार्य थप लम्बिए दैनिक एक करोड रुपैयाँ जरिवाना तिराउनुपर्ने चेतावनी दिँदै उनले सहरी विकास मन्त्री र मन्त्रालयका सचिवलाई तत्काल बोलाएर काम सम्पन्न गर्न आवश्यक पहल गर्न निर्देशन दिए।

निरीक्षणका क्रममा सभामुख अर्यालले भने, ‘रातदिन काम गरेर भए पनि बोलेको कुरा त पूरा गर्नुपर्‍यो नि । बहाना बनाइरहनुभएको छ। तपाईंहरूले हामीलाई नटेरेको होला, तर यो त अपमान भएन र ? यो राष्ट्रकै अपमान हो। अब मलाई स्पष्ट निष्कर्ष चाहियो।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत

काठमाडौँ, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । आज बोर्डले परीक्षाफल प्रकाशन गरेको हो ।

काठमाडौँ, ५ असार । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन् । मन्त्री

काठमाडौँ, ४ असार । गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोसाक सम्बन्धित व्यक्ति आफैँलाई खरिद गर्न दिने सोच बनाइएको बताएका छन् ।