प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन संसदमा माग कायमै

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले त्यसबारे संसदमा आएर जवाफ दिनुपर्ने माग कायमै रहेको छ । 

आज प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने अडान कायमै रहेको बताएका हुन् ।

त्यस्तै, उनले भारतीय सेनाको  हेलिकप्टर दार्चुलामा अनुमति विनै उडेकोबारे सरकारको धारणा माग्दै नेपालको चिया निर्यातमा परेको असरबारे सरकारको ध्यान किन नगएको भनेर प्रश्न गरेका छन् । 

उनले प्रधानमन्त्रीले बिदा मनाइसकेको र देश बनाउने टोली सार्वजनिक गरेको अवस्थामा उनले जनताका जल्दाबल्दा समस्याको जवाफ दिन माग गरे ।

यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्दै सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको साे अभिव्यक्ति हटाउन सभामुखबाट आउने आदेशको व्यग्र प्रतीक्षा गरिरहेको पनि बताए । साथै उनले प्रधानमन्त्रीले पनि संसदमा आएर जवाफ दिने आशामा आफू रहेको बताए । 

उनले सुस्तामा भारतीय सुरक्षा फौज एसएसबी छिरेर आतङ्कित बनाउने गतिविधि भइरहेको भन्दै त्यसको विरोधमा माइतीघरमा युवाहरूले विरोध गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गर्न लागेकोमा आपत्ति जनाए । यस विषयमा उनले गृहमन्त्रीको ध्यानाकर्षणसमेत गराए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत

काठमाडौँ, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । आज बोर्डले परीक्षाफल प्रकाशन गरेको हो ।

काठमाडौँ, ५ असार । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन् । मन्त्री

काठमाडौँ, ४ असार । गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोसाक सम्बन्धित व्यक्ति आफैँलाई खरिद गर्न दिने सोच बनाइएको बताएका छन् ।