कर्मचारी छनोट समयसापेक्ष हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

काठमाडौँ, १ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्ने बताएका छन् । 

आज लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको चाहना सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति भएको बताए । 

उनले जनताको उद्देश्य पूरा गर्न आधुनिक समयमा मुलुकको राज्य संयन्त्रलाई समयानुकूल अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन जरुरी रहेको बताए । 

राष्ट्रपति पौडेलले प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सके लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई अभिवृद्धि गर्ने बताए । 

राष्ट्रपति पौडेलले संविधानले अंगीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुरुप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनु पर्ने खाँचो रहेकोमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत

काठमाडौँ, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । आज बोर्डले परीक्षाफल प्रकाशन गरेको हो ।

काठमाडौँ, ५ असार । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन् । मन्त्री

काठमाडौँ, ४ असार । गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोसाक सम्बन्धित व्यक्ति आफैँलाई खरिद गर्न दिने सोच बनाइएको बताएका छन् ।