खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, १ असार । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ स्थित थुकैला गाउँबाट खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा उत्तर प्रदेश घर भएका ४० वर्षीय मोहम्मद रिजवान छन् ।

उनी भारतीय नम्बरको मोटरसाइकलमा थुकैलाबाट गडियनपुरवा जाँदै थिए । रिजवानले अण्डरवेयरमा लुकाएर ल्याएको ६३ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीमाथि जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।