अन्तर्राष्ट्रियस्तरको ‘काठमाडौँ फिल्म फेस्टिभल’ हुने

काठमाडौँ, १ असार । काठमाडौँ महानगरपालिकाले सांस्कृतिक सहर : समृद्ध महानगरको परिकल्पना मूर्तरूप दिन काठमाडौँ महानगर क्षेत्रभित्रको मौलिक र विशिष्ट ऐतिहासिक एवं सांस्कृतिक सम्पदा संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने बताएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यो उल्लेख गरेको हो । ‘काठमाडौँलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक सहरका रूपमा विकास गरिने छ । यहाँका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक, सामाजिक महत्त्वका मठ, मन्दिर, चैत्य द्योस्छें, वहा– वहि, हिति, पोखरी, गुम्बा, स्तुपा, चोक, ननि, डबली, फल्चा लगायत संरचना तथा सम्पदा स्थल अध्ययन, डिजिटल अभिलेखीकरण, मौलिक नामकरण, नक्सांकन, मर्मत, जिर्णोद्धार, पुनर्निर्माण गरी संरक्षण, सम्बर्धन र प्रवर्द्धन गरिने छ,’ नीति तथा कार्यक्रममा छ ।

महानगरले विदेशी पाहुना समेत आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको ‘काठमाडौँ फिल्म फेस्टिभल आयोजना कार्यक्रम समेत नीति तथा कार्यक्रममा समेटेको छ । मौलिक तथा परम्परागत सिप, कला र ज्ञानको जगेर्ना, पुस्तान्तरण एवं पुनरुत्थानका लागि ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक, तथा वास्तुकलात्मक महत्त्वका निजी तथा संस्थागत भवन पुनर्निर्माण गर्न र सम्पदा बस्ती संरक्षण गर्न प्रोत्साहित गरिने छ,’ नीति तथा कार्यक्रममा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक

काठमाडौँ, ३० असार । लामो समयदेखि बन्द भई पटक-पटक सञ्चालन गर्ने भनिएको तर सञ्चालन गर्न चासो नदिइएको हेटौंडा कपडा उद्योग

काठमाडौँ, ३० असार । काठमाडौँ उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँबाट ५२

काठमाडौँ, ३० असार । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ