एनसेल करछलिको गहिरो अनुसन्धान जरुरी छ : महामन्त्री शर्मा

काठमाडौँ, २१ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले  ६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिदबिक्री शंकास्पद रहेको बताएका छन् । बिहीबार विहान सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले एनसेलको अपार करछलिको गहिरो अनुसन्धान जरुरी रहेको बताए ।

उनले आफ्नो सामाजिक संजालमा भनेका छन्, ‘#Ncell ले `पुँजिगत लाभकर´ नतिर्ने प्रपन्च गर्दा त्यो बेला हामीले अघि बढाएको अभियानको नाम थियोे- #No_Tax_No_Ncell , दबाब र मुद्दापछि अन्ततः उ झुक्न बाध्य भयो ! अहिलेको प्रकरणमा सरकार र दलहरू कठोर हुन जरुरी l जनदबाबको स्वतस्फूर्त साथ फेरिपनी साथमा हुनेछ l

६ बर्षपछि सरकारको स्वामित्वमा आउन लागेको #Ncell को `खरिदबिक्री´ शंकास्पद छ l यसलाई रोकेर यो `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी छ ! अनियमितता विरुद्ध सम्पुर्ण एकताको दृस्टीसाथ, सरकार, प्रतिपक्ष, मिडिया र नागरिक सम्पुर्ण रुपले एकढिक्का उभिने संकेत सकारात्मक छ l

बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गरौं l अत्यावश्यक ऎन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात गर्दै जवाफदेहीपुर्ण ढंगले कार्य गरौं l बाह्य लगानीको थप सुरक्षीत वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गरौं l’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव हार्दैमा राजनीतिक दलको भविष्य नसकिने बताएका छन् ।

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा