अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छ : वरिष्ठ नेता पौडेल

तनहुँ, १८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार भएको बताए । “देशलाई सुशासन आवश्यक छ, भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ”, नेता पौडेलले भने, “कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ, पर्यटनको विस्तार गाउँसम्म पुर्याउनुपर्छ, गाउँगाउँमा उद्योग खोल्नुपर्छ, यसले गाउँमा नै रोजगारी सिर्जना गर्छ र समृद्ध मुलुक बनाउन सकिन्छ ।” 

उनले नवनिर्वाचित जनप्रतिनिधिले जनताको विश्वासमा धोका दिन नहुने बताए । उनले आजै पुलिमराङस्थित सहिद पार्क पुगी सहिदको सालिकमा माल्यापर्ण गरेका थिए । त्यस अवसरमा उनले आफू सहिद धर्मध्वज गुरुङको प्रेरणाले राजनीतिमा लागेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका