काठमाडौँ, १९ साउन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौँ महानगरका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच भएको भेटमा काठमाडौँको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए ।
महामन्त्री थापाले भनेका छन, ‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौंको फोहोर मैलाको व्यवस्थापन,सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो । काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ ।’





