काठमाडौँ, ७ फागुन । उपप्रधानमन्त्री इश्वर पोखरेलले अरुको मृत्युमा आफ्नो जीवन देख्नेहरुले आफ्नो सर्वनाश भएको समेत पत्तो नपाउने बताउनुभएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहलाई लक्षीत गर्दै उपप्रधानमन्त्री पोखरेलले कुण्ठा तथा इष्याभावबाट निर्देशित हुनेहरु सप्रीएर अगाडी बढ्न नसक्के उल्लेख गर्दै कुण्ठा र इष्याभाव बोक्नेहरु ध्वसात्मक दिशामा अगाडी बढेको समेत पत्तै नपाउने बताउनुभयो । ध्वंसात्मक गतिविधिले मुलुक र जनताको हितमा नभई स्वयं आफै सर्वनाश तथा पतन हुने बताउनुभयो ।
उहाँले आज आफ्नो सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ, ‘अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू तथा कुण्ठा र ईर्ष्याभावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न सक्तैनन् ! तिनले ध्वंसात्मक दिशामा अघि बढेको पत्तै पाउँदैनन् र अन्ततोगत्वा आफ्नै सर्वनाश भएको समेत पत्तो पाउँदैनन् ! समयमै सोचे हुने !!’