मैले मुन्टो लुकाउने मेरो झुपडी
मैले पेट भर्ने मेरो आहारा
मेरो बाच्ने साहारा
सबै गुमाइसके
मेरो आखै अगाडि
मेरा सन्ततिहरु ज्युदै जलिरहेछन
मेरो राज्य सकिदै छ
लौ न
ए सर्वश्रेष्ठ महामानव
आउ मलाइ बचाउ
मलाइ बाच्नु छ ।
तिमिले र मैले
लिने श्वास एउटै हो
हामिले राख्ने
बिश्वास एउटै हो
हो मेरो भाषा तिमिले बुझ्दैनौ
तिम्रो लवज मैले बुझ्दिन
तर
तिम्रो र मेरो नाता त्यति घनिष्ठ छ
जति नै तिम्रो छाला र मासुको नाता छ
आउ मानव मलाइ बचाउ
मेरो अनिष्ट हुदैछ
मेरो आत्मा अग्नि मा रुदैछ
मलाइ अझै पनि तिम्रै सामिप्यतामा नाच्नु छ
त्यसको लागि मलाइ बाच्नु छ ।
म रहे प्रकृति रहन्छ
प्रकृति रहे तिमी रहन्छौ
अझ भनौ प्रकृति भन्नूनै तिमी र म हौं
आज मलाइ ज्वाला हरुले पोलि रहेछन
तिखा काडाहरुले खोपी रहेछन
मैले मेरो बंश जोगाउन सकिन
मेरो अस्तित्व अझै जोगाउनु छ
तिमिले बिज्ञान बनाएको छौ
त्यो बिज्ञानको सहि सदुपयोग गर
सक्छौ एक घुड्का पानी पिलाइदेउ
सक्दैनौ मेरो रोदनमा आँसु मिलाइदेउ
तर म देखि टडा नभाग
आउ मेरो नजिक आउ
तिमी सँग युगौ युगको नाता गस्नु छ
ए मानव आउ बचाउ
मलाइ बाच्नु छ ।
दीपक धमला “दिपु “
सिद्धिचरण नगरपालिका – १० ओखलढुंगा
हाल, सानोठिमी






