“मलाई बाच्नु छ”

मैले मुन्टो लुकाउने मेरो झुपडी
मैले पेट भर्ने मेरो आहारा
मेरो बाच्ने साहारा
सबै गुमाइसके
मेरो आखै अगाडि
मेरा सन्ततिहरु ज्युदै जलिरहेछन
मेरो राज्य सकिदै छ
लौ न
ए सर्वश्रेष्ठ महामानव
आउ मलाइ बचाउ
मलाइ बाच्नु छ ।

तिमिले र मैले
लिने श्वास एउटै हो
हामिले राख्ने
बिश्वास एउटै हो
हो मेरो भाषा तिमिले बुझ्दैनौ
तिम्रो लवज मैले बुझ्दिन
तर
तिम्रो र मेरो नाता त्यति घनिष्ठ छ
जति नै तिम्रो छाला र मासुको नाता छ
आउ मानव मलाइ बचाउ
मेरो अनिष्ट हुदैछ
मेरो आत्मा अग्नि मा रुदैछ
मलाइ अझै पनि तिम्रै सामिप्यतामा नाच्नु छ
त्यसको लागि मलाइ बाच्नु छ ।

म रहे प्रकृति रहन्छ
प्रकृति रहे तिमी रहन्छौ
अझ भनौ प्रकृति भन्नूनै तिमी र म हौं
आज मलाइ ज्वाला हरुले पोलि रहेछन
तिखा काडाहरुले खोपी रहेछन
मैले मेरो बंश जोगाउन सकिन
मेरो अस्तित्व अझै जोगाउनु छ
तिमिले बिज्ञान बनाएको छौ
त्यो बिज्ञानको सहि सदुपयोग गर
सक्छौ एक घुड्का पानी पिलाइदेउ
सक्दैनौ मेरो रोदनमा आँसु मिलाइदेउ
तर म देखि टडा नभाग
आउ मेरो नजिक आउ
तिमी सँग युगौ युगको नाता गस्नु छ
ए मानव आउ बचाउ
मलाइ बाच्नु छ ।

दीपक धमला “दिपु “

सिद्धिचरण नगरपालिका – १० ओखलढुंगा

हाल, सानोठिमी

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष