अब टेक्ने ठाउ रहेन घरामा
ठडिय महलहरु कान्ला गरामा ।
ए सहर मान्छे कहा लुकाइस ?
भेटीन्न कोहीपनी चौतारामा ।
पात डाठ मात्र गोडमेल गर्नै ?
परेको छ बिश पहिल्यै जरामा ।
को डुब्छ समबेदना भाबनाले ?
तर्कन्छ मान्छे केबल बिचरामा ।
नआउ न सपना अमेरीका भई…
मलाई बाच्न देउ यही पोखरामा ।
सीता लामिछाने गोर्खा






