चीनसँगको व्यापार ३२ प्रतिशतले घट्यो

काठमाडौँ, २ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आयात–निर्यातमा समेत प्रभाव परेको छ ।

जसअन्तर्गत विराटनगर नाकाबाट हुने चीनसँगको व्यापार ३२ प्रतिशतले गिरावट आएको छ । कोरोनाको उद्गम चीनबाट आयातमा गिरावट आएपछि भन्सारको राजस्वमा समेत त्यसको असर परेको छ ।

विराटनगर–१८ आइसीपीस्थित भन्सार कार्यालयका अनुसार कोरोनाका कारण चीनबाट आउने सामाग्रीको आयात प्रभावित भएको हो ।

विशेष गरी गार्मेन्ट, खेलौना, स्याउ प्लाष्टिकका सामान, जुत्ता, चप्पललगायतका सामाग्रीको आयात घटेको भन्सार कार्यालयका प्रवक्ता गोपी उप्रेतीले जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । सरकारले आगामी ‘नेपाल पूर्वाधार सम्मेलन’ अघि लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित ५९ वटा कानुन संशोधन गर्ने तयारी

काठमाडौँ, १९ कार्तिक । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आज

काठमाडौँ, १९ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले आगामी लगानी सम्मेलनलाई परियोजना घोषणामा मात्र सीमित नगरी मुलुकमा बनेका लगानीमैत्री

काठमाडौँ, १९ कार्तिक । काठमाडौँ महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री राखेर फोहोर गर्ने विरुद्ध कडा कदम  चाल्दै आएको छ