प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ

काठमाडौँ, १९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्  ।

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन्  ।

प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्  । साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन उनले सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । काठमाडौँ

काठमाडौँ, १९ कार्तिक । सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना पुरुषको

काठमाडौँ, १९ कार्तिक । प्रतिकिलो ४२ रुपैयाँ रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ पुगेको छ । भारतमा मूल्यवृद्धि भएपछि नेपालमा पनि

काठमाडौँ, १९ कार्तिक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे