माटो खसालेर फोहोर गर्ने व्यक्तिलाई काठमाडौँ महानगरद्वारा ५० हजार जरिवाना

काठमाडौँ, १९ कार्तिक । काठमाडौँ महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री राखेर फोहोर गर्ने विरुद्ध कडा कदम  चाल्दै आएको छ । 

यसै क्रममा महानगरपालिकाको वडा नम्बर ३ स्थित सडकमा माटो खसाली फोहोर गरेको पाइएपछि महानगर प्रहरी बलले एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

वडा नम्बर ३ स्थित थाई एम्बेसी (राजदूतावास) अगाडि नयाँ घर निर्माण गर्ने क्रममा सडकमा माटो खसालिएको थियो । निर्माण कार्यका दौरान सडकमा जथाभाबी माटो फालेर सार्वजनिक स्थान फोहोर गरेको तथा वातावरण प्रदूषण गरेको भन्दै महानगर प्रहरीले सम्बन्धित व्यक्ति मनोज उप्रेतीलाई उक्त रकम जरिवाना गरेको  जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । मकवानपुरमा तिहारका बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका

काठमाडौँ, १९ कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ

काठमाडौँ, १९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । काठमाडौँ

काठमाडौँ, १९ कार्तिक । सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना पुरुषको