काठमाडौँ, २२ फागुन । आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा २ सयले बढेर छापावाला सुन ८० हजार ७ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ८० हजार ४ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भने आज स्थिर रहँदै प्रतितोला ८ सय ८० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





