दादुरा खोपमा सतर्कता अपनाउन आह्वान

काठमाडौँ, ३ मंसिर । विकसित देशहरूमा दादुरा सङ्क्रमण तीव्र रूपमा बढिरहेको र केही देशहरूले दादुरा निवारणको मान्यतासमेत गुमाइसकेको सन्दर्भमा दादुरा–रुबेलाबाट बालबालिकालाई जोगाउन खोपमा सतर्कता अपनाउन आह्वान गरिएको छ। 

खोपको अपूर्ण कभरेज, खोपसम्बन्धी भ्रम तथा गलत सूचना, बालबालिकाले दुवै मात्रा खोप नलगाउनु र ज्वरो तथा शरीरमा बिमिरा देखिएका शङ्कास्पद बिरामीको समयमै पहिचान तथा रिपोर्टिङ नहुनुजस्ता कारणले दादुरा बढिरहेको औँल्याइएको छ। यसबाट बच्न बालबालिकालाई नियमित खोप तालिकाअनुसार ९ महिनामा पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा गरी दुई मात्रा खोप अनिवार्य रूपमा लगाउन आग्रह गरिएको छ। 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले लक्षित सबै बालबालिकाले निःशुल्क तथा सुरक्षित खोप लगाएको सुनिश्चित गर्न जोड दिएको छ, जसले जीवन रक्षा गर्न सघाउँछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ मंसिर । हिन्दी वेब सिरिज ‘पञ्चायत’ को बहुप्रतीक्षित पाँचौँ सिजन आगामी डिसेम्बर ३ देखि प्रसारण हुने भएको छ ।

काठमाडौँ, २ मंसिर । कलाकार सर्विन (छत्र) बोगटी पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायकबाट उनलाई मंगलबार पक्राउ गरिएको हो ।  वैयक्तिक

काठमाडौँ, १ मंसिर । फिल्म ‘रामायण’ले बक्स अफिसमा नयाँ कीर्तिमान रचेको छ । भारतीय बक्स अफिसमा यसले ‘आरआरआर’को रेकर्ड तोडेको

काठमाडौँ, ३० कार्तिक । प्रदर्शनकाे समयमा विवादमा फसेको फिल्म ‘पाँच पाण्डव’ १२ हजार बढीले हेरेको पाइएको छ । चलचित्र विकास बोर्डले