दशौँ राष्ट्रिय खेलकुद दुई प्रदेशका सात जिल्लामा हुने

काठमाडौँ, ३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद दुई प्रदेशका सात जिल्लामा आयोजना गरिने भएको छ ।

आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता कर्णालीका पाँच र लुम्बिनी प्रदेशका दुई गरी सात जिल्लामा आयोजना गरिने जनाएको हो । प्रतियोगिता आगामी मंसिर १६ देखि हुनेछ ।

राखेपका अनुसार कार्यक्रम सुर्खेत, बाँके (नेपालगञ्ज), बर्दिया, दैलेख, कालीकोट, सल्यान र रुकुम पश्चिममा हुनेछ ।  प्रतियोगितामा ३२ खेल समावेश छन् । यीमध्ये सुर्खेतमा २३ खेल सञ्चालन हुनेछ । नेपालगञ्ज, बर्दिया र सल्यानमा दुई–दुई खेल तथा दैलेख, कालीकोट र रुकुम पश्चिममा एक–एक खेल सञ्चालन गरिनेछ । 

प्रतियोगितामा साटवटै प्रदेशसँगै विभागीय टिम र एनआरएन गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार, मुख्य प्रतियोगिता मंसिर १६ गते सुरु हुने भए पनि १० खेल उद्घाटनअगाडि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ मंसिर । हिन्दी वेब सिरिज ‘पञ्चायत’ को बहुप्रतीक्षित पाँचौँ सिजन आगामी डिसेम्बर ३ देखि प्रसारण हुने भएको छ ।

काठमाडौँ, २ मंसिर । कलाकार सर्विन (छत्र) बोगटी पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायकबाट उनलाई मंगलबार पक्राउ गरिएको हो ।  वैयक्तिक

काठमाडौँ, १ मंसिर । फिल्म ‘रामायण’ले बक्स अफिसमा नयाँ कीर्तिमान रचेको छ । भारतीय बक्स अफिसमा यसले ‘आरआरआर’को रेकर्ड तोडेको

काठमाडौँ, ३० कार्तिक । प्रदर्शनकाे समयमा विवादमा फसेको फिल्म ‘पाँच पाण्डव’ १२ हजार बढीले हेरेको पाइएको छ । चलचित्र विकास बोर्डले