भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौँ, ३ मंसिर । ओखलढुङ्गामा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले जिल्लाको सिद्धिचरण नगरपालिका–०६ जन्तरखानीबाट दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका –०६ जन्तरखानी बस्ने ४३ वर्षीय बुद्धबहादुर मगर रहेका छन् । अस्थायी प्रहरी पोस्ट ठाडे र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले मगरेको घरमा खोजतलास गर्दा खाटमुनि लुकाएर राखेको अवस्थामा दुई थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने फलामका टुक्राहरू तथा बारुदजस्तो देखिने दुई वटा डब्बा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको भरुवा बन्दुकसहित मगरलाई नियन्त्रणमा लिई उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ मंसिर । ओखलढुङ्गामा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको सिद्धिचरण नगरपालिका–०६ जन्तरखानीबाट दुई

काठमाडौँ, ३ मंसिर । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा परेको छ ।  वायु प्रदूषण मापन गर्ने संस्था

मकवानपुर, ३ मंसिर । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्

काठमाडौँ, ३ मंसिर । आज बिहान मकवानपुरको भीमफेदी–२, भैँसेमा चेकजाँचक्रममा पालुङबाट हेटौँडा आइरहेको कारमा गाँजा भेटिएको छ । बीएबी ४४३१ नम्बरको