कलाकार सर्विन बोगटी पक्राउ

काठमाडौँ, २ मंसिर । कलाकार सर्विन (छत्र) बोगटी पक्राउ परेका छन् ।

भक्तपुरको सूर्यविनायकबाट उनलाई मंगलबार पक्राउ गरिएको हो । 

वैयक्तिक गोपनियता सम्बन्धि कसुरमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । बोगटीलाई नियन्त्रणमा लिएर सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको भइरहेको छ ।

कालिकोट स्थायी घर भएका उनी परिवारसहित लामोसमयदेखि भक्तपुरको सूर्यविनायकमा बस्दै आएका छन् । गायक तथा संगीतकारको रुपमा समेत चिनिएका उनी जनसांस्कृतिककर्मी समेत रहेको बताइन्छ  ।

केही दिन अघि उनले गृहमन्त्री सुधन गुरुङको आमा दाबी गर्ने महिलाको भिडियो सामाजिक सञ्जालमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ मंसिर । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका-४, विश्वडुब्बाका

काठमाडौँ, २ मंसिर । म्याग्दीमा प्रहरीले वनमा लुकाएर राखिएका ७ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको मालिका गाउँपालिका

काठमाडौँ, २ मंसिर । काठमाडौँको तारकेश्‍वर नगरपालिका–८ मा आज बिहान चोरी भएको छ । तारकेश्वरमा डेरा गरी बस्ने बाजुरा घर भएकी

काठमाडौँ, २ मंसिर । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । आफ्नै निवासको कोठामा केसी मृत