महामन्त्री पौडेलद्वारा कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने प्रतिबद्धता

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले महामन्त्रीको जिम्मेवारी प्रदान गर्ने महाधिवेशन प्रतिनिधि, आम मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गरे । १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले प्राप्त मतलाई आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो पुँजीका रूपमा व्याख्या गरेका छन् । उनले आगामी राजनीतिक यात्रामा महाधिवेशन प्रतिनिधि तथा शुभचिन्तकका सल्लाह र सुझावलाई आत्मसात् गर्दै पार्टी निर्माणमा क्रियाशील रहने बताएका छन् । 

पौडेलले १५औँ महाधिवेशनमा व्यक्त भएको मतले पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न स्पष्ट सन्देश दिएको उल्लेख गरे । आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा लिँदै विगतका तिक्तता बिर्सेर भावनात्मक रूपमा समेत एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् । “भावनात्मक रूपमै एकढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै संकल्पबद्ध हुनुपर्दछ,” पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन् । 

पार्टीको ऐतिहासिक योगदानलाई सम्मान गर्दै वर्तमान समयका आवश्यकता र नागरिकका अपेक्षाअनुसार कांग्रेसलाई रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने

काठमाडौँ, २६ असोज । गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् । उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको

काठमाडौँ, २६ असोज । नेपाल प्रहरीको वास्तविक शक्ति कानुनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको प्रहरी