काठमाडौँ, २६ असोज । गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।
उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिम्स्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन आज भारत प्रस्थान गरेका हुन् ।
बिमस्टेकको गृहमन्त्री स्तरीय बैठक असोज २७ गते नयाँ दिल्लीमा हुँदै छ । बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरू नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्रीहरू सहभागी हुनेछन् ।






