दुर्घटना भएको स्कार्पियोबाट ३९८ केजी गाँजा बरामद

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ ।

प्रहरीका अनुसार गएराति १० बजे कोशी राजमार्गमा प्रहरी चौकी बरगाछीले गरेको आकस्मिक चेकिङ टोलीलाई देखेर इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को१च ७३९९ नम्बरको स्कार्पियो गाडी यु-टर्न गरी भागेको थियो ।

भाग्ने क्रममा स्कार्पियोले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो । लगत्तै स्करपियो चालक फरार भएका थिए ।

दुर्घटनापश्चात् तत्काल प्रहरी चेकिङ टोलीले स्कार्पियो गाडीभित्र खोजी गर्दा लुकाइछिपाइ राखिएको १३ पोका गाँजा बरामद गरेको थियो । बरामद गाँजा ३९८ केजी रहेको मोरङ प्रहरीले जनाएको छ ।

फरार चालकको खोजी भइरहेको र दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति समक्ष समावेशी आयोगले आर्थिक

काठमाडौँ, १२ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकबीच शिष्टाचार भेटवार्ता भएको छ । 

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौँ, १२ असोज । नेकपा एमाले संसदीय दलका उपनेता तथा सांसद पद्मा अर्यालले हालैको बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिप्रति सरकारको