सांसद अर्यालद्वारा बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ, १२ असोज । नेकपा एमाले संसदीय दलका उपनेता तथा सांसद पद्मा अर्यालले हालैको बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपद्को समयमा सरकारको उपस्थिति र नागरिकले पाएको सास्तीबारे टिप्पणी गरिन् । 

उनले भदौ १० गतेको भोटेकोशीको बाढी र त्यसपछिका विभिन्न स्थानमा आएको प्राकृतिक विपद्ले जनजीवन अस्तव्यस्त बनाएको बताइन् । ‘देशैभरि अर्को विपद् थपिएको छ। कतै बस्ती डुबेका छन्, कतै पहिरोले घर पुरिएका छन्, त कतै सडक र पुल बगाएका छन्,’ उनले भनिन् । 

उनले विपद्का कारण नागरिकले ज्यान गुमाउनुपरेको, धेरै बेपत्ता भएको र हजारौँ नागरिक विस्थापित भएको तथ्याङ्क प्रस्तुत गर्दै सरकारको सक्रियतामाथि प्रश्न उठाइन् । ‘विपद्को यो घडीमा सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा र तत्काल उद्धार–राहत हुनुपर्ने हो। तर, अवस्था भने निकै निराशाजनक छ,’ उनले भनिन् । 

स्याङ्जा जिल्लाको सन्दर्भ जोड्दै सांसद अर्यालले भनिन्– ‘स्याङ्जाको मिर्मि र गुल्मीको हर्मिचौर जोड्ने मोटरेबल पक्की पुल बाढीले बगाएको छ। स्थानीय तहको समन्वयमा दीर्घकालीन सुरक्षा र पुनर्स्थापनाका लागि सरकारले राष्ट्रिय गुरुयोजना नै निर्माण गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६