दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । प्रसाईंलाई साइबर ब्युरोको टोलीले आज बिहान पक्राउ गरेको हो । 

यसअघि भदौ २९ गते झापाबाट काठमाडौँ फ्लाइटमार्फत  त्रिभुवन विमानस्थल आइपुगेका उनले त्यहीँ कार्यक्रम गर्न खोजेका थिए । तर, उनलाई प्रहरीले विमानस्थल परिसरभित्र कुनै कार्यक्रम गर्न नमिल्ने भन्दै पक्राउ गरेर घर पठाएको हो ।
प्रसाइँले पछिल्ला दिनमा दिएका अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गर्नका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

रास्वपा सांसद रचना खतिवडा खत्रीले प्रसाइँलाइ कारबाहीको माग गरेकी थिइन् । 
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै दुर्गा प्रसाईंले लगाएका आरोपको खण्डन गर्दै भक्कानिएकी थिइन् ।

प्रसाईंले छोराको शवसँग सांसद पद साटेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६