नेप्से १६.४७ अंकले घट्यो

काठमाडौँ, १२ असोज । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।

यस दिन नेप्से सूचक १६.४७ अंक अर्थात् ०.६२ प्रतिशतले घटेर २६१३.३३ विन्दुमा बन्द भएको छ । 

आज ३५७ कम्पनीको एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर किनबेच भयो । कुल कारोबार रकम पाँच अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँ पुगेको छ । कुल ५८ हजार ५०० पटकको कारोबारमार्फत उक्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यसदिन ५० कम्पनीको मात्रै सेयर मूल्य उकालो लाग्यो भने २२३ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । यसमध्ये सबैभन्दा बढी डिवेञ्चरको सेयर मूल्य बढेको छ । किनभने यसदिन कमाउने पाँच कम्पनीमा सात प्रतिशतको लक्ष्मी सनराइज डिवेञ्चर २०९२, १० प्रतिशतको केवीएल डिवेञ्चर २०९०, ६.२५ प्रतिशतको प्राइम बैंक डिवेञ्चर २०९३, माण्डु हाइड्रोपावर र एनआईसी व्यालेन्स फन्ड रहेका छन् । 

यस्तै, सबैभन्दा बढी गुमाउने कम्पनीमा हाथवे इन्भेष्टमेन्ट, इमर्जिङ नेपाल, ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१, धौलागिरी लघुवित्त र एसियन हाइड्रोपावर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी

काठमाडौँ, ६ कार्तिक । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २

काठमाडौँ, ६ कार्तिक । बडादसैँ अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ, ६ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम