तास खेलेको आरोपमा ८ जना पक्राउ

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार धनकुटा नगरपालिका–१, हिलेस्थित सिताराम श्रेष्ठको पाँचतले घरको अन्डरग्राउन्ड कोठामा तास खेलिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले तास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा लगीएको छ ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका वडा नं. १ का ४४ वर्षीय मगरसहित ५२ वर्षीय मोहनबहादुर वि.क., ४५ वर्षीय रमेश राई, ३८ वर्षीय सविन तामाङ र ५३ वर्षीय रमेश भण्डारी रहेका छन् । त्यस्तै, धनकुटा नगरपालिका वडा नं. २ का ३२ वर्षीय दिपेन्द्र मगर, धनकुटा नगरपालिका वडा नं. १० का ५० वर्षीय रमेश कार्की तथा महालक्ष्मी नगरपालिका वडा नं. ८ का ३६ वर्षीय रामकाजी वि.क. पनि नियन्त्रणमा परेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले १ लाख १४ हजार ५ सय ५० रुपैयाँ नगद, चार बुङ खुला तास तथा विभिन्न अंक लेखिएका ११९ वटा गोटी बरामद गरेको जनाएको छ । बरामद गोटीमध्ये ५ अंक लेखिएका ५९ वटा, २० अंक लेखिएका २० वटा, ५० अंक लेखिएका २० वटा र ५०० अंक लेखिएका २० वटा रहेका छन् । प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरु तथा बरामद सामग्री जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६