डिभाइडरमा जिप ठोक्किँदा चालकको मृत्यु

काठमाडौँ, २२ भदौ । वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ छातापिपरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज बाराको  पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ च २२७७ नं. को जिप अनियन्त्रित भई डिभाइडरमा ठोक्किन पुगेको थियो ।

डिभाइडरमा ठोक्किए जिप पल्टिन पुग्दा जिप चालक पर्साको वीरगञ्ज महानगरपालिका-३० प्रोसतीपुरका २२ वर्षीय जैमुदिन अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि बाराको परावनीपुरस्थित एलएस न्यूरो अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सले उनलाई मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

जिपका सहचालक पर्साको विश्रामपुर गाउँपालिका-९ का २० वर्षीय स्वयमभुला अन्सारी घाइते भएका छन् । उनको परावनीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ भदौ । नापि कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि वडा  नं ७  का ३३८ र

काठमाडौँ, २२ भदौ । नेपाली कांग्रेसले रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गरेको छ । प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, २२ भदौ । सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत

काठमाडौँ, २२ भदौ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसी बाढीको सन्दर्भमा सरकारले हिरोइजम